निर्वाचनमा महिला-महिला प्रतिस्पर्धा गर्ने व्यवस्था गरिनुपर्छ : सांसद शर्मा

मूलखबर संवाददाता
काठमाडौं, १२ साउन

प्रतिनिधिसभा सदस्य नारायणी शर्माले निर्वाचनमा महिला महिलाबीच प्रत्यक्ष प्रतिस्पर्धा गर्ने व्यवस्था गरिनुपर्ने बताएकी छिन् ।

अन्तरपार्टी महिला सञ्जाल केन्द्रीय समितिकाे आयाेजनामा काठमाडौंकाे बानेश्वरस्थित अल्फाविटामा शुक्रबार आयाेजित निर्वाचन आयाेगद्वारा प्रस्तावित निर्वाचन सम्वन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकसम्वन्धि छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै माओवादी केन्द्रकी नेतृसमेत रहेकी सांसद शर्माले साे बताएकी हुन् । 

उनलेे भनिन्- महिला उमेदवार उठेकाे स्थानमा पुरूष नउठ्ने र महिलालाई नै उठाएर प्रतिस्पर्धा गर्ने गरि कानुनमा व्यवस्था गर्नुपर्दछ ।

उनलेे शासकीय स्वरूपमा कार्यकारी राष्ट्रपतिय प्रणाली हुनुपर्ने र महिला कार्यकारी राष्ट्रपति हुने गरि व्यवस्था गर्नुपर्ने समेत बताइन् ।

अन्तरपार्टी महिला सञ्जाल केन्द्रीय समितिकाे आयाेजनामा काठमाडौंकाे बानेश्वरस्थित अल्फाविटामा शुक्रबार आयाेजित कार्यक्रममा महिलालाई ५० प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरेका छन् ।

कार्यक्रममा सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,  प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी,  राप्रपा, जसपा, नेकपा एसका तर्फबाट प्रतिनिधिसभा सदस्यहरू र नेतृहरू सहभागी रहेका थिए ।