
रास्वपाद्वारा प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० किलो सुन बरामद भएको विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ । प्रतिनिधिसभाको आजको बैठक बस्नुपूर्व राष्ट्रिय स्वतन्त्र पार्टीले विमानस्थल भन्सारबाट भएको सुन तस्करी काण्डकाका विषयमा संसदमा छलफल र सरकारको जवाफ माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो ।
यस्तै जरुरी सार्वजनिक महत्वको प्रस्तावमा प्रस्ताव र समर्थक गरेर २० जना सांसदहरुको हस्ताक्षर रहेको छ ।
