
सावधान ! बढ्दैछ डेंगु संक्रमण, कुन प्रदेशमा कति संक्रमित ?
महामारीको रुपमा फैलिएको डेंगुको संक्रमण यो वर्ष पनि बढ्न थालेको छ। २४ जुलाई सम्मकाे तथ्यांकमा ४ हजार २८९ जनामा डेंगुको संक्रमण भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ६९ जिल्लामा डेंगुको संक्रमण देखिइसकेको छ। यो वर्ष सबैभन्दा धेरै कोशी प्रदेशमा डेंगुको संक्रमण देखिएको छ भने सातै प्रदेशमा डेंगुको संक्रमण देखिएको महाशाखाको तथ्यांक छ।
महाशाखाको तथ्यांक अनुसार कोशी प्रदेशमा मात्र २ हजार ७५४ जनामा डेंगु पुष्टि भइसकेको छ। यस्तै बागमती प्रदेशमा ६६७, गण्डकी प्रदेशमा ३४४, सुदुरपश्चिम प्रदेशमा ३१६, लुम्बिनी प्रदेशमा १६६ जनामा डेंगु पुष्टि भइसकेको छ। यस्तै मधेश प्रदेशमा २२ र कर्णाली प्रदेशमा २० जनामा डेंगु पुष्टि भइसकेको छ।
