लुम्बीनीका पूर्वमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ
बैंकिङ कसुरमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन्। रुपन्देहीबाट आएको पक्राउ पूर्जीका आधारमा बाँके प्रहरीले यादवलाई पक्राउ गरेर बुटवल पठाइएको छ। उनी बाँकेको डुडुवा गाउँपालिका वडा नं। १, होलिया निवासी यादव लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री हुन्।
बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बैंकिङ कसुरमा पक्राउ पूर्जी आएकाले यादवलाई पक्राउ गरेर बुटवल पठाएको जानकारी दिए।
यादवलाई आइतबार साँझ नेपालगञ्जबाट पक्राउ गरिएको हो।
यादवविरुद्ध रुपन्देही प्रहरीले अनुसन्धान अघि बढाएको छ। यादवले चिनेजानेकै व्यक्तिसँग दश लाख बढी लिएको र त्यो समयमा फिर्ता नगरेको बुझिएको छ।