यात्रुवाहक बस त्रिशूलीमा खस्दा १९ यात्रु घाइते
नारायणगढ मुग्लिङ सडकखण्डको दास ढुङ्गा नजिकै यात्रुवाहक बस त्रिशूलीमा खस्दा १९ यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौँ तर्फ गई रहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब ।१० मिटर तल खसी रुखमा अड्कन पुगेको थियो ।
शुक्रवार बिहान करिब ५ः२० बजे समयमा भएको उक्त घटनामा परी घाइते हुने अधिकांशको उद्धार गरी अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसमा सवार चालक सहित ३२ जना मध्ये १९ जना घाइते भई उपचारको लागि भरतपुर का विभिन्न अस्पतालहरूमा ल्याएको छ ।
मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका घाइतेको विवरण :
१। भारत सिलगुडी बस्ने वर्ष ६० की कमला सुब्बा, सामान्य ।
२। भारत सिलगुडी बस्ने वर्ष ४४ की लक्की सुब्बा,मध्यम ,।
३। जि।मोरङ हरैचा न।पा।३ बस्ने वर्ष २३ को सुसान्त सुब्बा,सामान्य ।
४। ऐ। हरैचा ८ बस्ने वर्ष ३४ की सुनिता लामिछाने, सामान्य ।
५। जि।सुनसरी बस्ने वर्ष ४० की सङ्गीता मगर,सामान्य ।
६। जि।झापा मेची न।पा।११ बस्ने वर्ष ३२ की सुमिमा राई, मध्यम ।
७। जि।भक्तपुर भक्तपुर म।न।पा।१ बस्ने वर्ष ३० को मिलन तामाङ,सामान्य ।
८। जि।ललितपुर गोदावरी न।पा।७ बस्ने वर्ष २७ को सुमन लामा,सामान्य ।
९। जि।भोजपुर अरुण गा।पा।१ बस्ने वर्ष २९ को नन्द बहादुर पाण्डे, सामान्य ।
१०। ऐ। बस्ने वर्ष १९ को लीला बहादुर पाण्डे, सामान्य ।
भरतपुर सरकारी अस्पतालमा उपचार भई रहेको घाइतेहरुः
१। सहचालक जि।सर्लाही लामबन्दी न।पा।१० बस्ने वर्ष ३६ को विक्रम मगर, सामान्य ।
२। कन्टेक्टर जि।धादिङ निकण्ठ ७ बस्ने वर्ष ३६ को दिल बहादुर श्रेष्ठ, सामान्य ।
३। बसमा सवार जि।सुनसरी रक्तमाला न।पा।५ बस्ने वर्ष २९ की मनिका राई, सामान्य ।
४। बसमा सवार जि।मोरङ हरैचा न।पा।५ बस्ने वर्ष २५ की कल्पना राई, सामान्य ।
५। ऐ। बस्ने वर्ष २५ की सपना राई, सामान्य ।
६। जि।धनकुटा सहिदभुमी गा।पा।४ बस्ने वर्ष ३८ की विश्वलक्ष्मी राई, सामान्य ।
७। निजकै छोरी वर्ष ४ की दिव्या राई, मध्यम ।
८। बस चालक जि।मकवानपुर हेटौँडा उ।म।न।पा।२ बस्ने वर्ष ३७ को बादल
९। धादिङ रुबीभ्याली गा।पा।४ बस्ने वर्ष ३२ को दीपक तामाङ, सामान्य घाइते