फ्रान्समा हिंसात्मक प्रदर्शन : ५ सय बढि भवन र ८ सय बढी सवारीसाधन जले, २४० प्रहरी घाइते, ८ सय बढि पक्राउ

मूलखबर संवाददाता
काठमाडौं, १६ असार

फ्रान्समा हिंसात्मक विरोध प्रदर्शनले देशव्यापी रुप लिएको छ । मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगरमा एक १७ वर्षीय किशोर नाहिल एमको प्रहरीद्वारा हत्यापछि भड्किएकाे प्रदर्शन हिंसात्मक भएको हाे ।

हिंसात्मक प्रदर्शनीका क्रममा पेरिस, लिल, लियोंन, दिजोँ, नतेयर, मासेई, क्लामा लगायतका सहरमा करिब साढे ५ सय भवन जलाइएको छ भने ८ सय जति सवारी साधनमा आगजनी गरिएको छ ।

किशोरको मृत्यु अस्वीकार्य शोषण’ भन्दै मंगलबार साँझदेखि सुरु भएको विराेध प्रदर्शनले हिंसात्मक रूप लिएको हाे ।

प्रदर्शनका क्रममा करिब २४० जना प्रहरी घाइते भएका छन् भने ८७५ भन्दा बढीलाई पक्राउ गरिएको ग्रिहमन्त्री जेरार्ड डार्मानिनले शुक्रबार दिउँसो सञ्चारमाध्यमलाई बताएका छन् ।

नाहेल एम भनेर चिनिने १७ वर्षीय किशोरलाई मंगलबार बिहान पेरिस उपनगर नँतेयरमा एक प्रहरी अधिकारीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा गोली हानेका थिए ।