पुर्वि पहाडमा वर्षा र बाढीकाे वितण्डा, पश्चिम र तराईमा उखरमाैलाे गर्मी
नेपालकाे भाैगाेलिक विविधताका कारण पुर्व र पश्चिम एवम् उत्तर र दक्षिण भेगमा वातावरणमा आकाश जमिनकाे फरक छ ।
पश्चिममा र तराईमा उखरमाैलाे गर्मी भइरहेको बेला पुर्वी पहाडमा आएको भिषण वर्षा र बाढीबाट जनधनको व्यापक क्षति भइरहेको छ ।
ताप्लेजुङ, पाँचथर र संखुवासभामा शनिबार भएको वर्षापछि गएको पहिरोमामा परी ११ जना बेपत्ता हुनाका साथै सडक पूर्वाधार सहितमा ठूलो क्षति पुगेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमामा परी यादव बुढाक्षेत्रीको घर पूर्ण क्षति हुनाका साथै तीनजना व्यक्तिसमेत बेपत्ता भएका छन् । सोही गाउँपालिका–६ स्थित राजकुमार गौतमको घर र स्वास्थ्य चौकीको भवनमा क्षति पुगेको छ । आङखोपमा–३ मा प्रेम सेदिङ, महेश्वर सेदिङ र गणेश सेदिङका तीनवटा घर बगाएको छ ।
सिरिजंगा–४ तेल्लोक स्वास्थ्य चौकीको पोस्टमार्टम घर पुरिएको छ भने स्थानीय नरेन भट्टराईको घर पूर्ण रुपमा क्षति भएको छ ।
जिल्लाका सहायक सडक साँघु–ओदक, तेल्लोक, निम्बुखोला, सिरिजङा, सिमलबोटे र पाथीभरा याङ्वारक गाउँपालिका, आठराई त्रिवेणी र मैवाखोला गाउँपालिका जोड्ने तथा मेची राजमार्गअन्तर्गत मेवाखामा पहिरो गई सडक अवरुद्ध रहेको सेनाले जनाएको छ ।