
स्वर्गद्वारीमा कार दुर्घटना : चालकसहित ८ काे निधन, ७ काे सनाखत
लुम्बिनी प्रदेशकाे प्युठान स्वर्गद्वारीमा कार दुर्घटना हुँदा ८ जनाकाे ज्यान गएको छ ।
स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्रु बोकेको कार दुर्घटनामा परेको थियाे । ज्यान गुमाउने ८ जनामध्ये ७ जनाको सनाखत भएको छ ।
लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिकाको भिगृ नजिकै टाकुरामा दुर्घटना हुँदा कारमा सवार ८ जनाकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दाङ तुलसीपुर उपमहानगरपालिका १५ बस्ने ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनका छोराहरू १४ वर्षीय विशाल पोख्रेल र ९ वर्षीय विकास पोख्रेल, लमही नगरपालिका ५ का ४९ वर्षीय ताराबहादुर कुमाल, लमही ७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा शाह र उनका छोरा ९ वर्षीय आदित्य शाहको दुर्घटनामा मृत्यु भएको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको हाे ।
जिल्ला अस्पताल प्युठानकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले ८ जनाकै निधन भएको बताइन् ।
