चैत ९ र १० गते ललितपुरमा कोरोनाको बुस्टर खोप

रामकुमार कार्की
ललितपुर, ७ चैत, २०७९

ललितपुरमा यहि चैत ९ र १० गते (विहीबार र शुक्रबार) कोरोना विरुद्धको बुस्टर खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टले आज पत्रकार सम्मेलन गरी जिल्लाका ६ वटै पालिकाका ५५ वर्षमाथिका वृद्ध, फ्रन्टलाइनर स्वास्थ्यकर्मी, गर्भवति महिला र दीर्घ रोग भएका करिव ६४ हजार जनाका लागि बुस्टर खोप दिन लागिएको हो । उनका अनुसार जिल्ला जुनसुकै खोप लगाएका व्यक्तिलाई फाइज वायोएनटेक बुस्टर खोप लगाउने बताए ।

बुस्टर खोपका लागि स्वास्थ्य कार्यालयले ३१ हजार फाइजर वायोएनटेक खोप पालिकाहरूका लागि पठाइसकेको छ । ललितपुर महानगरपालिका लागि १५ हजार, महालक्ष्मी नगरपालिकाका लागि ५ हजार ७ २५, गोदावरी नगरपालिकाका लागि ३ हजार १८८, महाँकाल गाउँपालिकाका लागि ८८६, कोन्ज्योसोम गाउँपालिकाका लागि ७४९ र वागमती गाँउपालिकाका लागि ४९० खोप पठाइएको विष्टको भनाई छ ।

५५ वर्ष माथिका सवै नागरिकहरूलाई पहिलो बुष्टर नलगाएकाहरूलाई पहिलो बुष्टर र पहिलो बुष्टर लगाएर ६ महिना पुगेकालाई दोस्रो बुष्टर मात्रा दिने, स्वास्थ्यकर्मी, गभर्वति, १२ वर्ष माथिका दिर्घरोगी र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू पहिलो बुष्टर नलगाएकालाई पहिलो बुष्टर र पहिलो बुष्टर लगाएर ६ महिना पुगेकालाई दोस्रो बुष्टर मात्रा दिने खोप प्रवाहको रणनीति रहेको छ ।

बुस्टर खोपको महत्व
– सवै खोपको प्रभावकारिता समान नहुने
– खोपहरूको रोग प्रतिरोधात्मक क्षमता अवधि समान नहुने
– खोप लिएता पनि सवै ब्यक्तिहरुमा समान रुपमा रोग प्रतिरोधात्मक क्षमता विकास नहुने ९जस्तै बृद्ध, महिला, दिर्घरोगी आदि०
– रोगको कारक विषाणु, जिवाणुहरू (नयाँ भेरिएण्ट (प्रजाति) लाई थप÷नयाँ खोप चाहिने

हालसम्मको जिल्लाको कोभिड १९ संक्रमणको अवस्था
जम्मा पिसिआर र एन्टिजेन्ट नमुना परिक्षण ९ लाख ८० हजार २४२
जम्मा संक्रमित संख्याः ६६ हजार २
निको भएको संख्याः ६५ हजार ४१४
मृत्यू भएको संख्याः ५८८
संक्रिय संख्याः शून्य