सहिद लखन गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई बीस हजार छात्रवृत्ति दिने

मूलखबर संवाददाता
गाेरखा, ३ जेठ

उक्त छात्रवृत्ति कार्यक्रमको लागि आवेदन पेश गर्न पुन: एक हप्ता म्याद थप गरिएको लखन गाउँपालिकाका प्रशासकीय अधिकृत बाबुराम मगरले बताए।

उनका अनुसार प्रति बिद्यार्थी रु.२०,०००/- का दरले प्रदान गरिनेछ ।

गाउँ पालिका अध्यक्ष रमेशबाबु थापा मगरले  उक्त छात्रवृत्ति कार्यक्रममा दलित, सिमान्तकृत, अनाथ, असहाय तथा अति बिपन्न मेधावी बिद्यार्थीहरु मात्र समावेश हुने बताए ।