
टोंगामा गयो शक्तिशाली भूकम्प
टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेको छ।टोंगाको हिहिफोबाट ९५ किलोमिटर पश्चिम उत्तरपश्चिममा भूकम्प गएको हो । भूकम्प १६:०२ मा र २१०.१ किलोमिटरको गहिराइमा गएको थियो।
अमेरिकी सुनामी चेतावनी प्रणालीले भूकम्पपछि सुनामीको चेतावनी नरहेको बताएको छ ।अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन । यसबारे थप विवरण आउँन बाँकी छन्।
