सावधान ! प्रदुषित हावाले क्यान्सर र पक्षघात हुन सक्छ, माक्स लगाओैं

मूलखबर संवाददाता
काठमाडौं

यो साता काठमाण्डू उपत्यका संसारकै बढी प्रदूषित सहरको सूचीमा सबैभन्दा माथि पर्‍यो।

यसको अर्थ हो हामीले फेर्ने सास निकै हानिकारक छ।

एक्यूआई भनिने प्रदूषण नाप्ने सूचकले हावामा हुने पीएम २.५ र पीएम १० भनिने निकै मसिना कणहरूलाई हेरेर मिश्रित हिसाबले प्रदूषणको तह निर्धारण गर्छ।

केही दिन यता देशका विभिन्न ठाउँमा तुवाँलोको बाक्लो तह देखिएको छ।

प्रायः सुख्खा याममा हुने डढेलोका कारण वातावरण झन् प्रदूषित हुने गर्छ।

सन् २०२१ को सुख्खा याममा पनि डढेलो लागेका कारण प्रदूषण उच्च बनेको थियो।

केही दिनयता काठमाण्डू उपत्यका, तराई तथा देशको मध्य र पूर्वी भागमा पनि यस्तै तुवाँलोको तह देखिएको छ।

प्रदूषित हावाले हाम्रो शरीरलाई के गर्छ र प्रदूषणबाट हामी कसरी बच्ने ? वरिष्ठ चिकित्सक अर्जुन कार्की भन्नुहुन्छ – प्रदुषित हावा फाेक्साेमा लगातार गयाे भने क्यान्सर र पक्षघात पनि हुन सक्छ, तसर्थ बाहिर हिँड्नु पर्दा अनिवार्य माक्स लगाउँ ।