यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
नास्ट तीन महिनादेखि नेतृत्वविहिन, उपकुलपतिको लागि दाैडधुप. सरकार नियन्त्रित नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नास्ट)ले ३ महिनादेखि नेतृत्व प्राप्त गर्न सकेको छैन । गत पुसमा डा. सुनिलबाबु श्रेष्ठको कार्यकाल सकिएपछि नास्टमा उपकुलपति रिक्त छ ।. नास्टको उपकलुपति प्रज्ञा प्रतिष्ठानमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुन्छ । उपकुलपतिको नियुक्ति प्रधानमन्त्रीले गर्ने व्यवस्था छ । यसका लागि कुलपति(प्रधानमन्त्री)ले सहकुलपतिको अध्यक्षतामा दुई जना प्राज्ञ सदस्यहरुको रहेको एक समिति गरेर सिफारिस गरेका व्यक्तिहरुमध्येबाट उपकूलपतिमा चयन हुन्छन् । नास्टको कूलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुने व्यवस्था छ ।. नास्टको उपकुलपतिको कार्यकाल ४ वर्ष हुन सक्ने र थप एक पटक सोही पदमा पुनःनियुक्त गर्न सकिने उल्लेख छ । ऐनले नास्टको प्रज्ञासभा र परिषद्ले गरेका निर्णयहरु र निर्देशनहरु कार्यान्वयन गर्ने गराउने अभिभारा उपकूलपतिमा रहने व्यवस्था गरेको छ ।. नास्टको ऐनले विज्ञान क्षेत्रमा सक्रिय भएका जो कोही व्यक्तिलाई उपकूलपति चयन हुने व्यवस्था गरेकाले अहिले धेरैको दौडधुप बढेको हो ।.
नास्ट तीन महिनादेखि नेतृत्वविहिन, उपकुलपतिको लागि दाैडधुप
मूलखबर संवाददाता
काठमाडौं
सरकार नियन्त्रित नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नास्ट)ले ३ महिनादेखि नेतृत्व प्राप्त गर्न सकेको छैन । गत पुसमा डा. सुनिलबाबु श्रेष्ठको कार्यकाल सकिएपछि नास्टमा उपकुलपति रिक्त छ ।
नास्टको उपकलुपति प्रज्ञा प्रतिष्ठानमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुन्छ । उपकुलपतिको नियुक्ति प्रधानमन्त्रीले गर्ने व्यवस्था छ । यसका लागि कुलपति(प्रधानमन्त्री)ले सहकुलपतिको अध्यक्षतामा दुई जना प्राज्ञ सदस्यहरुको रहेको एक समिति गरेर सिफारिस गरेका व्यक्तिहरुमध्येबाट उपकूलपतिमा चयन हुन्छन् । नास्टको कूलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुने व्यवस्था छ ।
नास्टको उपकुलपतिको कार्यकाल ४ वर्ष हुन सक्ने र थप एक पटक सोही पदमा पुनःनियुक्त गर्न सकिने उल्लेख छ । ऐनले नास्टको प्रज्ञासभा र परिषद्ले गरेका निर्णयहरु र निर्देशनहरु कार्यान्वयन गर्ने गराउने अभिभारा उपकूलपतिमा रहने व्यवस्था गरेको छ ।
नास्टको ऐनले विज्ञान क्षेत्रमा सक्रिय भएका जो कोही व्यक्तिलाई उपकूलपति चयन हुने व्यवस्था गरेकाले अहिले धेरैको दौडधुप बढेको हो ।