कोशी प्रदेशमा केन्द्रको निर्देशन पर्खंदै प्रदेश
कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने देखिएको छ । प्रदेश सरकारका विषयमा केन्द्रमा छलफल नभएकाले अहिले नै समर्थन फिर्ता लिने निर्णय नगरेको कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।
९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा कोशी प्रदेशको नेतृत्वका लागि नेकपा एकीकृत समाजवादी पार्टीले दाबी गरेको भएपनि उसको जम्मा ४ सिट रहेको छ । सत्ता गठबन्धन भित्र भागबण्डाको मोडालिटी तयार नभएसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने माओवादी नेताहरुको भनाइ रहेको छ । आङ्बोले अहिलेसम्म केन्द्रबाट प्रदेश सरकारका बारेमा कुनै निर्देशन नआएको बताएका छन् ।