आईपीओ निष्कासन गर्दै रावा इनर्जी
रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आईपीओ निष्कासनका लागि अनुमति पाएको छ । कम्पनीले १०० अंकित दरका कुल ८ लाख ४० हजार कित्ता आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।
यस कम्पनीले खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकामा रहेको रावा खोलामा ३ मेगावाटको माथिल्लो रावाखोला साना जलविद्युत आयोजना संचालन गरिरहेको छ ।यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।