महिला दिवसमा अन्तर जवसस्तरीय फुटसल प्रतियोगिता, कसले जिते पुरस्कार ?
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले एक दिवसीय अन्तर जनबर्गिय संगठनस्तर मैत्रीपूर्ण महिला फुटसल प्रतियोगिता आयोजना गरेको छ ।
बुधबार काठमाडौंको शान्तिनगरमा सम्पन्न फुटसल प्रतियोगितामा नेकपा माओवादी केन्द्रका ७ जनवर्गिय संगठनको सहभागिता रहेको थियो ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) समुह ए र समुह बी गरी दुइ टिममा फुटसलमा सहभागी भएको थियो । त्यसैगरी अखिल क्रान्तिकारी छात्रा विभाग, अखिल नेपाल ट्रेड युनियन महासंघ, महिला विभाग, सम्पर्क समञ्वय समिति महिला विभाग, प्रेस सेन्टर नेपाल महिला विभाग, वाइसिएल नेपाल महिला विभाग र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति महिला विभाग गरी ८ टिमको विचमा रोचक प्रतिष्पर्धा भएको थियो ।
साढे २ घन्टा चलेको गेममा अखिल नेपाल ट्रेड युनियन महासंघ, महिला विभाग प्रथम हुन सफल भएको थियो । त्यसैगरी दोस्रो स्थानमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति महिला विभाग र तेस्रोमा वाइसिएल नेपाल महिला विभागले जीत हात पारेका थिए ।
प्रथम हुने टिमले ५ हजार नगद र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको थियो । दोस्रो हुने टिमले ३ हजार नगद र प्रमाणपत्र र तेस्रो हुने टिमले १५ सय नगद र प्रमाणपत्र प्राप्त गरेका थिए ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष अमृता थापा मगरले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन न्यू भिजन नेपाल नामक गैर सरकारी संस्थाले गरेको थियो । कार्यक्रममा सहभागी सम्पूर्ण सहभागीलाई आयोजकले प्रमाणपत्रले सम्मान गरेको छ ।
त्यसअघि पेरिसडाँडामा एक अन्तक्रिया आयोजना गरिएको थियो । आत्मनिर्भरता, नेतृत्व पहुँचमा महिलाको भूमिका विषयमा आयोजित अन्तक्रियामा पार्टी उपाध्यक्ष पम्फा भुसालले सम्बोधन गर्नुभएको थियो ।