शान्ति सम्झौता र परिवर्तनविराेधी गतिविधि भए प्रतिकार गर्ने माओवादी धाराको चेतावनी

मूलखबर संवाददाता
काठमाडौं, २३ फागुन

माओवादी धाराका दल र नेताहरुले शान्ति सम्झौता विपरीतका गतिविधि भए त्यसको प्रतिकार गर्ने चेतावनी दिएका छन् । माओवादी जनयुद्धमा सँगसँगै लडेका र शान्ति प्रक्रिापछि विभिन्न् घटकहरुमा विभाजित माओवादी पृष्ठभूमिका विभिन्न आठ राजनीतिक दलले शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने जुनसुकै गतिविधिको प्रतिवाद गर्ने निर्णय गरेका हुन् ।

मंगलबार बालुवाटारमा बसेको माओवादी धाराका आठ दलको बैठकले माओवादी आन्दोलन र अभियानमाथि चौतर्फी आक्रमण भएको निश्कर्ष निकाल्दै सो निर्णय गरेको हो । शान्ति प्रक्रियासँग जोडिएका विषयहरू विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरूप व्यवस्थापन गरिनुपर्नेमा उनीहरुको समान धारणा रहेको स्पष्ट पारेका छन् ।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सङ्क्रमणकालीन न्यायको प्रक्रिया विपरीतका काम कारबाहीले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुर्याउदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौ’

त्यस्तै उनीहरुले शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गो लगाउन आवश्यक कानुनी एवं संस्थागत विकासका लागि तत्काल पहल गर्न सरकारसँग माग गर्दै शान्ति सम्झौता विपरीतका गतिविधि भए त्यसको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई, नेकपा ९क्रान्तिकारी माओवादी० का स्थायी समिति सदस्य सिपी गजुरेल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, ‘प्रकाण्ड’ ,नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’,नेकपा (माओवादी समाजवादी)का अध्यक्ष, कर्णजीत बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टी नेपालका नारायणप्रसाद धिमाल रहेका छन् ।

२०६२/०६३ पछिको संयुक्त जनआन्दोलनपछिको सशस्त्र सङ्घर्षका क्रममा भएका घटनाको न्यायिक प्रक्रियामार्फत टुङ्गोमा पुर्‍याउने सहमति भएको थियो । त्यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बनाइए पनि उनीहरुले आफ्नो कार्यभार पुरा गर्न सकेका छैनन् । यहीँ बेला सर्वोच्च अदालतले शुक्रबार ‘द्वन्द्वपीडितले न्याय पाउने विषयलाई अनन्तकालसम्म अल्झाएर राख्न नमिल्ने’ दृष्टिकोण सार्वजनिक गरेपछि नेपालको राजनीतिमा तरङ्ग पैदा गरेको छ ।

माओवादी जनयुद्ध शान्ति प्रक्रियामा रुपान्तरण भएपछि विभिन्न धाराहरुमा विभाजित भएका माओवादी दल र नेताहरु फेरी एकठाउँमा जुट्न खोज्दैछन् । माओवादी आन्दोलन र नेताहरुविरुद्ध विभिन्न् कोण र प्रवृत्तिहरुबाट आक्रमणको प्रयास भइरहेका वेला माओवादी धाराका राजनीतिक दलहरूबिचको बेैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डको पहलमा आयोजना भएको बैठकमा प्रधानमन्त्री प्रचण्ड, डा। बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओली लगायत सहभागि रहेका थिए ।