
तीन कुलपतिद्वारा पद तथा गोपनियताको सपथ ग्रहण
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठाका नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।
आज बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । यसरी सपथ ग्रहण गर्नुहुनेहरुमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहनुभएको छ ।
सो अवसरमा प्रधानमन्त्रीले उहाँहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
