पाकिस्तानकाे पेशावरमा मस्जिदमा विष्फोट : ४७ काे मृत्यु, अधिकांश प्रहरी, १५० बढी घाइते

मूलखबर संवाददाता
काठमाडौं, १६ माघ

पाकिस्तानकाे पेशावर शहरमा एक मस्जिदमा भएको बम विस्फोटनमा परेर कम्तीमा ४७ जना मानिसहरू मारिएका छन्। मारिनेमा अधिकांश प्रहरी भएको बताइएको छ ।

स्थानीय समय अनुसार सोमवार दिउसो झण्डै १:३० बजेतिर एक मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला भएको उक्त विस्फोटन भएको हो।

घटनामा परेर १५० जनाभन्दा धेरै मानिसहरू घाइते भएको बताइएको छ।

सुरुवाती विवरणहरूमा मस्जिदभित्रको अघिल्लो लहरमा रहेर हमलाकारीले आत्मघाती विस्फोट गराएको सुरक्षा अधिकारीहरूले बताएका थिए। तर त्यसको पुष्टि हुन सकेको छैन।

गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानले हमला आफूले गराएको जनाएको छ।

उक्त भवनको एउटा भाग ध्वस्त भएको छ र अधिकारीहरूले मानिसहरू भग्नावशेषमा पुरिएको बताएका छन्।

अन्य कैयौँलाई स्थानीय अस्पतालहरूमा लगिएको छ।

विस्फोटनको कारण कारण प्रस्ट भइसकेको छैन।

तर एकजना अधिकारीले प्रहरीलाई लक्षित गरेर विस्फोटन गराइएको र मृत्यु हुने धेरैजना प्रहरीहरू रहेको बताएका छन्।

पेशावरका प्रहरी प्रमुखले स्थानीय सञ्चारमाध्यमहरूलाई बताए अनुसार मस्जिदमा विस्फोट हुँदा त्यहाँ ३०० देखि ४०० को बीचमा प्रहरीहरू उपस्थित भएको बीबीसीले जनाएको छ ।