इमानमा राेयल आचार्यकाे नेतृत्वमा कार्यसमिति चयन

मूलखबर संवाददाता
काठमाडौं, ११ माघ

आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को अध्यक्षमा पत्रकार राेयल आचार्य चयन भएका छन् ।

प्रेस सेन्टर नेपालका एशाेसियट प्रदेशका अध्यक्ष समेत रहेका पत्रकार आचार्य बुधबार काठमाडौंमा सम्पन्न इमानको पहिलो अधिवेशनबाट अध्यक्ष चयन भएका हुन् । आचार्य नेपाल पत्रकार महासंघको समेत एशाेसियट प्रदेशका निर्वाचित अध्यक्ष रहेका छन् भने  केटिएम भ्वाइस डटकमका पनि सञ्चालक रहेका छन् ।

आचार्यको अध्यक्षतामा बनेकाे नयाँ कार्यसमिति उपाध्यक्षमा दैनिकी डटकमका माधव प्रसाद तिवारी र अर्थबजार डटकमका डिल्ली प्रसाद सापकोटा चयन भएका छन् ।

संस्थाको महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल चयन भएका छन् भने उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टंक कार्की चयन भएका छन् ।

संस्थाको कोषाध्यक्षमा रोजगार मिडियाका फणिन्द्रप्रसाद दाहाल र सहसचिवमा आर्थिक प्लस डटकमका अमिर लामा चयन भएका छन् भने कार्यकारी सदस्यमा कर्पोरेट बजारकी अप्सरा गौतम चयन भएकी छन् । आर्थिक विधाका सञ्चारमाध्यमहरुको हकहितका लागि भन्दै गठन गरिएको इमानमा हाल २२ वटा आर्थिक मिडियाहरु सदस्य छन् ।