
नेपाल रग्वी संघकाे अध्यक्षमा दिपक देवकाेटा चयन, समितिमा काे काे ?
नेपाल रग्वी संघको १० औं साधारणसभाले दिपक देवकाेटाकाे नेतृत्वमा समिति चयन गरेको छ ।
साधारणसभाबाट बरिष्ठ उपाध्यक्ष चेतन राज गिरी , महासचिवमा गोविन्द बिक्रम घिमिरे ,सचिवमा बिजय मोक्तान लामा , कोषाध्यक्षमा जे.पी. दिपक अधिकारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा एलिसा थापा, कामना गिरी, रमेश प्रसाद भट्टराई, रविन के.सी., हरिशंकर महतो र इन्द्रबहादुर तामाङ लगायत चयन भएका छन् ।
साधारणसभामा राखेपका सदस्य सचिव तथा नेपाल रग्वी संघका निबर्तमान अध्यक्ष टकलाल घिसिङको प्रमुख आतिथ्यतामा जितपुर सिमरा उपमहानगरका मेयर राजन पौडेल, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराजकाे बिशेष आतिथ्यता रहेको थियोे ।
त्यसैगरी कर्णाली प्रदेश खेलकुद बिकास परिषद का सदस्य सचीव श्री बि एम सन्ज्याल, राखेप बोर्ड सदस्यहरु अन्जन धमला, नन्दा बस्याल, नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष देबेन्द्र सुबेदी, दक्षिण एसियायी खेलकुद पत्रकार मञ्चका कोषध्यक्ष निरन्जन राजवंशी, निर्वाचन समिति प्रमुख तथा राखेप खेविवि बिभाग प्रमुख प्रेम ब मल्ल, सदस्य अधिवक्ता उत्तमकुमार अधिकारी, रत्न बुढा लगायतकाे आतिथ्यता रहेको थियाे ।
साधारणसभाले आगामी ४ वर्ष का लागि खेल, खेलाडी र संघको योजना निर्माण लगायतका महत्वपूर्ण निर्णयहरु समेत गरेको छ ।
