
विश्वकप विजेता मेस्सीकाे टिमलाई अर्जेन्टिनामा अभुतपुर्व स्वागत
अर्जेन्टिनाले २२औं विश्वकप विजेता टोलीको भब्य स्वागत गरेको छ । कतारमा आइतबार राति सम्पन्न फिफा विश्वकप च्याम्पियन बनेर मंगलबार स्वदेश फर्किएको अर्जेन्टिनी टोलीलाई राजधानी ब्यूनस आयर्समा लाखौं समर्थकले सडकमा ओर्लिएर भब्य स्वागत गरेका हुन् ।
अर्जेन्टिनी सरकारले मंगलबार विश्वकप उपाधि जितेको खुशीयाली मनाउन सार्वजनिक विदा समेत दिएको थियो । रोमाञ्चक र नाटकीय फाइनल खेलमा लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै उपाधि चुमेको थियो ।
अर्जेन्टिनाले विश्वकप उपाधि तेस्रो पटक जितेको हो । विश्वकपको उक्त फाइनल खेललाई हालसम्मकै सनसनीपूर्ण र उत्कृष्ट भएको बताईएको छ । -एजेन्सी
