ज्ञापन पत्रमा विगत ३५ वर्षदेखि सञ्चालन हुँदै आएको राइटासटार सिंचाई आयोजना जसले राइनास नगरपालिका– १ देखि ७ सम्मका ३५ सय घर परिवारका १४ हजार जनसंख्या लाभान्वित हुँदै आएको, १७ किमि दुरीमा फैलिएर रहेको सो सिंचाई योजनाबाट सिंचाई हुने भनिएको १४ सय हेक्टरमध्ये हाल ८५० मा सिंचाई भइरहेको छ । हाल उक्त आयोजनालाई प्रभावित पार्ने गरी चम्पावती हाइड्रोपावर कम्पनी प्रवद्र्धक रही निर्माण भइरहेको चेपेखोला जलविद्युत आयोजनाको विद्युत गृह राइनासटार सिंचाई योजनाको मुहान भन्दा दुई सय मिटर माथि त्यसको पानीको निकास हुनुपर्नेमा ऐले सो मुहानभन्दा दुई सय मिटर तल पानी बग्ने गरी विद्युत गृह निर्माण कार्य भइरहेको उल्लेख गरिएको छ । यसबाट सिंचाई योजना बन्द हुने स्थिति उत्पन्न भएको छ । यो वस्तुस्थितिका बारेमा राइनास नगरपालिकाको अगुवाईमा एक प्रतिनिधि मण्डलले विद्युत विकास विभाग, विद्युत नियमन आयोग, उर्जा तथा जलस्रोत मन्त्रालयमा समेत जानकारी दिइसकेको हो भनिएको छ ।
राईनास नगरपालिकाको तर्फबाट सार्वजनिक सुनुवाई गरी नगरपालिकाको अगुवाईमा विद्युत विकास विभाग, विद्युत नियमन आयोग, उर्जा तथा जलश्रोत मन्त्रालयमा समेत प्रतिनिधि मण्डल पठाई जानकारी गराई सकिएको उल्लेख गर्दै ज्ञापन पत्रमा भनिएको छ, हाईड्रोपावर संचालकहरुसँग काम रोकी सिंचाई जलउपभोक्ता समितिको माग अनुसार कार्य गर्न भनि शान्तिपूर्ण वार्ताको लागि भेला हुँदा वार्ता गर्न अटेर गरी उपस्थित जनसमुदायलाई उत्तेजित बनाई सामान्य घटना भएको थियो । तर, जनसमुदाय उक्त स्थानबाट फर्केपछि संचालकहरुकै तर्फबाट नियोजित रुपमा तोडफोड र आगजनी गरि घटनालाई तोडमोड गरेको र राईनासबासी केहीलाई झुट्टा मुद्दा लगाउने खालका दुष्प्रयास गरिएकोमा घोर भत्र्सना समेत गरिएको छ ।
ज्ञापन पत्रमा विद्युत विकास विभागले यहि मंसिर ८ गते सम्झौता अनुसार काम नभएको हुनाले कारबाही हुने व्यहोराको पत्र पठाउँदा समेत अटेर गरी निर्माण कार्य भइरहेकोप्रति ध्यानाकर्षण गराइएको छ ।
प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत बुझाइएको ज्ञापन पत्रमा अबिलम्ब निर्माण कार्य रोकी राइनासटार सिंचाई आयोजनाको सुनिश्चितता जल उपयोगको अग्राधिकार कायम गरेर मात्र विद्युत आयोजना निर्माण गर्नुपर्ने कुरामा तत्कालै आवश्यक कारबाहीका लागि प्रधानमन्त्री समक्ष जोडदार माग गर्दछौैं भनिएको छ ।
ज्ञापन पत्रमा राईनासटार सिचाई जल उपभोक्ता समितिका अध्यक्ष फडिन्द्र चिलुवाल र राइनासटार सिंचाई योजना बचाउन अभियान संघर्ष समितिका संयोजक श्रीकृष्ण पौडेलले हस्ताक्षर गरेका छन् भने उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, विद्युत विकास विभाग, विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, लमजुङ र राईनास नगरपालिकाको कार्यालयलाई बोधार्थ दिइएको छ । ज्ञापन पत्र पेश गर्न आयोजना गरिएको कार्यक्रममा प्रदेश सांसदहरु डा. टकराज गुरुङ, भेष बहादुर पौडेलको समेत उपस्थिति रहेको थियो ।
यसैगरी राइृनास नगरपालिकाका पाँचबटा पार्टीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै तत्काल निर्माण कार्य रोक्न र सिंचाई योजना प्रभावित नहुने गरी निर्माण गर्न भनिएको छ । यसैगरी विज्ञप्तीमा सनिबार भएको घटनालाई तोडमोड गरी झुट्टा मुद्धा लगाउने दुष्प्रयास गरेकोमा त्यस्ता कार्यको घोर भत्र्सना गरिएको छ भनिएको छ । साथै विज्ञप्तीमा यसलाई अनास्था गरी अटेर गरेमा यसबाट आईपर्ने कुनै पनि अप्रिय घटना घटेमा हाइड्रोपावरका संचालक एवम् प्रबर्तकहरुनै जिम्मेबार हुने भनिएको छ ।
विज्ञप्तीमा नेपाली काँग्रेस राईनासका नगर सभापति श्रीकृष्ण पौडेल, नेकपा एमाले राईनास नगर कमिटिका सचिव बलराम घिमिरे, माओबादी केन्द्र नगर कमिटिका इन्चार्ज चन्द्रकान्त न्यौपाने, एकिकृत समाजबादी राईनास नगर कमिटिका सचिव गजेन्द्रराज घिमिरे र राप्रपा राईनास नगर कमिटिका सभापति नर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् ।

विवादास्पद चम्पावति हाइड्रोकाे काम राेक्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र, पत्रमा सर्वदलीय हस्ताक्षर
विवादास्पद चम्पावती हाइड्रोपावरकाे निर्माण कार्य राेक्न प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाइएको छ । राईनासटार सिंचाई जल उपभोक्ता समिति र राईनासटार सिंचाई योजना बचाउ अभियान संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय, वेसीशहरमा एक कार्यक्रमको आयोजना गरी दुई समितिको तर्फबाट संयुक्त हस्ताक्षर गरी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।
