जाजरकोटमा जन्ती जिप दुर्घटना : ११ काे निधन, १ घाइते (नामावली)

मूलखबर संवाददाता
काठमाडौं, २६ मंसिर

जाजरकोटको छेडागाड नगरपालिकामा जन्ति लिएर गएको  जिप दुर्घटना हुँदा ११ जनाको निधन भएको छ । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने भीरबाटी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ११ जनाको निधन भएको हो भने १ जना घाइते भएका हुन् ।  कर्णाली प्रदेश ००१-च-०४२९ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालकसहित घटनास्थलमै ९ जनाको मृत्यु भएको र २ जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।   दुर्घटनामा दैलेखको भगवती माई गाउँपालिकाका चालक मानबहादुर राउतसहितको समेत मृत्यु भएको हाे । दुर्घटनामा जाजरकोटको छेडेगाड नगरपालिकाकै ८ जना र  दैलेखको भगवती माई गाउँपालिकाका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडा नम्बर ४ जेवाबाट वडा नम्बर ५ थलह जन्ती लिएर जाने क्रममा जिप दुर्घटनामा परेको मेयर खड्काले बताए । उनका अनुसार जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।  दुर्घटनामा निधन भएका मानिसहरूकाे सनाखत भइसकेको छ । जस अनुसार –

मानबहादुर राउत, भगवती माई गाउँपालिका-२, दैलेख

वीरेन्द्र केसी, भगवती माई गाउँपालिका-३, दैलेख

अम्बरबहादुर खड्का, भगवती माई गाउँपालिका-३, दैलेख

वीरबहादुर खत्री, छेडागाड नगरपालिका-६, जाजरकोट

जैकुवरा बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट

नैनसरा अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट

रामबहादुर बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट

दीपक अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट

देवीसरा बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट

अम्बर अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट

निशा अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट