
दोलखामा मतगणना जारी : माओवादीका विश्व फराकीलो मतान्तरले अगाडि
दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार माओवादीका नेता तथा गठबन्धनका साझा उमेदवार गंगा कार्की फराकीलो मतान्तरले अगाडि लागिरहेका छन् । ९ हजार ७ मत गन्दा गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् ।
दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो ।
दोलखाका ४ मतदान स्थलका १० मतदान केन्द्रमा पुनः निर्वाचन भएको थियो । उक्त केन्द्रहरूमा ८ हजार ५ सय १४ मतदाता रहेकोमा ५० प्रतिशत अर्थात् ४ हजार २ सय ५७ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
