यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
अपांगमैत्री मतदान केन्द्र नहुँदा मतदानबाट बञ्चित. मूलखबर संवाददाता काठमाडौं, २३ कात्तिक जुम्लाको हिमा गाउँपालिका वडा नम्वर ७ का सुर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्छन । सूर्य जस्तै फरक क्षमता भएका मतादाता धेरै छन्, जसलाई अपाङ्गमैत्री मतदानस्थल नहुँदा मताधिकारबाट बञ्चित हुने पिरलो छ । ‘अपांगता भएका व्याक्तिलाई सहत रुपमा मतदान गर्नका लागी अपाङ्गमैत्री मतादान स्थल हुनुपर्ने सरकारी नियम छ । तर, हामीले कहिल्यै सहज वातावरणमा मतदान गर्न पाएनौं ।’ उनले गुनासो पोखे । जुम्लामा कुल ६८ जहार ६ सय ३८ मतादाता मध्ये अपाङ्गता भएका तीन हजार मतादाता छन्, तर कुनैपनि मतदान स्थल अपाङ्गमैत्री छैनन् ।. जुम्लामा अपाङ्गमैत्री मतदान स्थल नहुँदा ३ हजार मतादातालाई समस्या भएको छ । जुम्लामा ८३ मतदानस्थल र १०६ मतदान केन्द्र छन् । तर, अपाङ्गमैत्री छैनन् । अपांग पुर्नस्थापना कार्यालय जुम्लाका निवर्तमान अध्यक्ष नन्दराज धितालका अनुसार जुम्लामा कुल आठ हजार जना अपांगता भएका व्यक्ति छन्, त्यसमा ३ हजार मतादाता छन् । ‘नेता, कार्यकर्ता र उम्मेदवारलाई मतको मात्रै हिसाब हुन्छ ।’ उनले भने, ‘अपांगता भएका मतादाताको भावना र विचार के छ? कस्तो उम्मेदवारलाई उनिहरुले चाहेका छन् भनेर कसैले चासो देखाउदन । निर्वाचनको दिन ललाईफकाई गरी बोकेर भएपनि वारिसे राखेर मतदान गर्ने र घर फर्कने बेला वास्ता नगर्ने प्रवृत्तिले अपांगता भएका मतादाताले दुख पाउने गरको समेत उनले बताए ।. अपांगता भएका व्याक्तिलाई सहत रुपमा मतदान गर्नका लागी अपाङ्गमैत्री मतादान स्थल हुनुपर्ने सरकारी नियम छ । मतादान सम्पन्न गर्ने जीम्मेवारी प्राप्त गरेका सरकारी निकायले अपाङ्गमैत्री मतदान स्थल बनाउन प्रयास नगरेको अपांग पुर्नस्थापन विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपानेले बताए । ‘एकातिर शारिरिक अशक्तता हुन्छ, अर्कोतिर जटिल भूगोलका कारण आवतजावत गर्न मुस्किल छ, अपांगमैत्री मतदान केन्द्र ननाएर मताधिकारबाट बञ्चित गर्नु हाम्रो लागि अप्रिय कुरा हो ।’ अध्यक्ष न्यौपानेले भने । जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जुम्लामा भौगोलिक रुपमा कठिनाई भएका कारण अपांगमैत्री मतदान स्थल बनाउन नसकिएको बताए । अपांगमैत्री मतदान केन्द्र बनाउन नसकिएपनि अपांगता भएका व्याक्तिलाई सौहार्द वातावरमा मतदान गर्ने वातावरण मिलाईएको उनले बताए ।. ‘ठ्याक्कै अपांगमैत्री मतदानस्थल भनेर बनाइएको छैन, तर फरक क्षमता भएका, जेष्ठनागरिक, गर्भवति महिला सबैलाई सजिलै मतदान गर्ने व्यवस्था गर्न सबै मतदानमा खटिएका कर्मचारीलाई निर्देशन गरिएको छ ।’ उनले भने । जुम्लामा ८३ मतदान स्थल र १०६ मतदान केन्द्र छन् । कुनै पनि मतदान स्थल र मतदान केन्द्र अपांगमैत्री नहुँदा मताधिकार बाट बञ्चित हुने अपांगता भएका मतादाताको चिन्ता छ । याे खबर राजधानीमा छ ।.
अपांगमैत्री मतदान केन्द्र नहुँदा मतदानबाट बञ्चित
मूलखबर संवाददाता
काठमाडौं, २३ कात्तिक
जुम्लाको हिमा गाउँपालिका वडा नम्वर ७ का सुर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्छन । सूर्य जस्तै फरक क्षमता भएका मतादाता धेरै छन्, जसलाई अपाङ्गमैत्री मतदानस्थल नहुँदा मताधिकारबाट बञ्चित हुने पिरलो छ । ‘अपांगता भएका व्याक्तिलाई सहत रुपमा मतदान गर्नका लागी अपाङ्गमैत्री मतादान स्थल हुनुपर्ने सरकारी नियम छ । तर, हामीले कहिल्यै सहज वातावरणमा मतदान गर्न पाएनौं ।’ उनले गुनासो पोखे । जुम्लामा कुल ६८ जहार ६ सय ३८ मतादाता मध्ये अपाङ्गता भएका तीन हजार मतादाता छन्, तर कुनैपनि मतदान स्थल अपाङ्गमैत्री छैनन् ।
जुम्लामा अपाङ्गमैत्री मतदान स्थल नहुँदा ३ हजार मतादातालाई समस्या भएको छ । जुम्लामा ८३ मतदानस्थल र १०६ मतदान केन्द्र छन् । तर, अपाङ्गमैत्री छैनन् । अपांग पुर्नस्थापना कार्यालय जुम्लाका निवर्तमान अध्यक्ष नन्दराज धितालका अनुसार जुम्लामा कुल आठ हजार जना अपांगता भएका व्यक्ति छन्, त्यसमा ३ हजार मतादाता छन् । ‘नेता, कार्यकर्ता र उम्मेदवारलाई मतको मात्रै हिसाब हुन्छ ।’ उनले भने, ‘अपांगता भएका मतादाताको भावना र विचार के छ ? कस्तो उम्मेदवारलाई उनिहरुले चाहेका छन् भनेर कसैले चासो देखाउदन । निर्वाचनको दिन ललाईफकाई गरी बोकेर भएपनि वारिसे राखेर मतदान गर्ने र घर फर्कने बेला वास्ता नगर्ने प्रवृत्तिले अपांगता भएका मतादाताले दुख पाउने गरको समेत उनले बताए ।
अपांगता भएका व्याक्तिलाई सहत रुपमा मतदान गर्नका लागी अपाङ्गमैत्री मतादान स्थल हुनुपर्ने सरकारी नियम छ । मतादान सम्पन्न गर्ने जीम्मेवारी प्राप्त गरेका सरकारी निकायले अपाङ्गमैत्री मतदान स्थल बनाउन प्रयास नगरेको अपांग पुर्नस्थापन विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपानेले बताए । ‘एकातिर शारिरिक अशक्तता हुन्छ, अर्कोतिर जटिल भूगोलका कारण आवतजावत गर्न मुस्किल छ, अपांगमैत्री मतदान केन्द्र ननाएर मताधिकारबाट बञ्चित गर्नु हाम्रो लागि अप्रिय कुरा हो ।’ अध्यक्ष न्यौपानेले भने । जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जुम्लामा भौगोलिक रुपमा कठिनाई भएका कारण अपांगमैत्री मतदान स्थल बनाउन नसकिएको बताए । अपांगमैत्री मतदान केन्द्र बनाउन नसकिएपनि अपांगता भएका व्याक्तिलाई सौहार्द वातावरमा मतदान गर्ने वातावरण मिलाईएको उनले बताए ।
‘ठ्याक्कै अपांगमैत्री मतदानस्थल भनेर बनाइएको छैन, तर फरक क्षमता भएका, जेष्ठनागरिक, गर्भवति महिला सबैलाई सजिलै मतदान गर्ने व्यवस्था गर्न सबै मतदानमा खटिएका कर्मचारीलाई निर्देशन गरिएको छ ।’ उनले भने । जुम्लामा ८३ मतदान स्थल र १०६ मतदान केन्द्र छन् । कुनै पनि मतदान स्थल र मतदान केन्द्र अपांगमैत्री नहुँदा मताधिकार बाट बञ्चित हुने अपांगता भएका मतादाताको चिन्ता छ । याे खबर राजधानीमा छ ।