प्रचण्ड फेरि पुगे गाेरखा : संविधान जाेगाउने चुनाव हाे- प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

चुनावी प्रचारका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गाेरखा नगरपालिका १४ याङ्काेट आइपुगेका छन् ।

प्रचण्डकाे स्वागतका लागि यायाङ्काेटमा घर बाहिर तामाकाे गाग्रीमा पानी राखेर, हातमा फुलमालाले स्वागत गर्न लाइनमा बसेका छन् ।

प्रचण्डले यसपटक गाेरखा २ का विभिन्न निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम छ । याङ्काेटमा चुनावी कार्यक्रमलाइ सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेकाे लडाइ सँविधान जाेगाउने र सँविधान च्यात्नेबीचकाे भएकाे बताएका छन् ।

विभिन्न सँघर्षबाट प्राप्त अधिकार खाेस्ने दुस्साहसलाइ निर्मूल पार्न  र १२ बुँदे समझदारी अनुसार देशलाइ अघि बढाउन अहिलेकाे एकता अपरिहार्य भएकाे उनले बताए ।