लमजुङका विपि कांग्रेस र जसपाका उमेदवारद्वारा देव गुरूङ र गठबन्धनलाई समर्थन
लमजुङबाट प्रतिनिधिसभा सदस्यकाे लागि उमेदवारी दिएका नेपाली काँग्रेस विपि का डा. लक्ष्मी कान्त पाैडेल र जनता समाजवादी पार्टीका नरेन्द्र गुरूङले आफ्नाे उमेदवारी फिर्ता गरि गठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरूङलाई समर्थन गर्ने घाेषणा गरेका छन् । उनिहरूले संघ र प्रदेशमा गठबन्धनका र उमेदवारलाई मत दिन अपील पनि गरेका छन् । उनिहरूले संविधान रक्षा, स्थिरता, सुशासन , विकास र समृद्धिकाे लागि गठबन्धनलाई समर्थन गर्ने निर्णयमा पुगेको बताएका छन् ।