गठबन्धनका उमेदवारकाे एकैस्वर : सहमति अनुसारका चिन्हमा भाेट हाल्न कन्जुस्याइँ नगराैं
लमजुङ जिल्लाबाट गठबन्धनका सबै उमेदवारले रूख र गाेलाकारभित्रकाे हँसियाहथौडा चिन्हमा कुनै कन्जुस्याइँ नगरी भाेट हाल्न नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी का कार्यकर्ता र समर्थकलाई अाग्रह गरेका छन् ।
कार्यकर्ता भेटघाटमा व्यस्त रहेका गठबन्धनका उमेदवारहरूले गठबन्धन संविधान रक्षा, गणतन्त्र संस्थागत गर्न र लमजुङको विकास र समृद्धिकाे लागि बनेको हुनाले यसकाे पक्षमा लाग्न र निसंकाेच गठबन्धनको सहमति अनुसार नै उमेदवारहरूलाई मतदान गर्न मतदाताहरूलाई आग्रह गरेका हुन् ।
प्रदेश नं २ अन्तरगत सुन्दरबजार नगरपालिकाकाे दुराडाँडामा माओवादी केन्द्रका महासचिव तथा लमजुङकाे प्रतिनिधिसभा सदस्यका उमेदवार देव प्रसाद गुरूङ, प्रदेश ख का उमेदवार भेषबहादुर पाैडेलले कार्यकर्तालाई गठबन्धनको मर्मलाई अात्मसात गर्न र कुनै पनि अवस्थामा दायाँबाया नगर्न निर्देशन पनि दिएका छन् । माओवादी महासचिव गुरूङले नेपालकाे राजनीतिक परिवर्तनको हरेक माेडमा नेपाली कांग्रेस र माओवादीले सहकार्य गर्दै अाएकाेले यसपटक अवस्था परिवर्तन गर्ने महाअभियान र शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन पनि याे सहकार्य जरुरी रहेकाले गठबन्धनको जित अनिवार्य रहेकाे पनि बताएका छन् ।