लमजुङमा शिक्षकदेखि वाइसिएलसम्मलाई चुनावी प्रशिक्षण, उमेदवारले दिए विकासको मोडल
आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलका नेता र उमेदवारहरु मतदाता केन्द्रीत हुन थालेको छन् । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि लमजुङमा मुख्य गरेर सत्तारुढ गठबन्धन र प्रतिपक्षी दल नेकपा एमालेबीच चुनावी भिडन्त हुने खेखिएको छ । आफ्नो पक्षमा मतदाता प्रभावित गर्ने प्रयास दुबै दलले गरेका छन् । सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभामा उमेदवार बनेका माओवादी केन्द्रका महासचिव देव गुरुङ र प्रतिपक्षी दल एमालेबाट उमेदवार बनेका एमाले उपमहासचिव पृथ्वीसुव्वा बीच मुख्य प्रतिस्पधा हुने भएको छ भने प्रदेश क मा गठबन्धनका तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ र एमालका पुर्व जिल्ला सभापति जमीन्द्रमान घलेबीच मुख्य प्रतिस्पधा हुने र प्रदेश २ मा पनि गठबन्धनका उमेदवार नेपाली कांग्रेसका नेता भेषबहादुर पौडेल र एमाले जिल्ला नेता कृष्ण अधिकारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
चुनावी माहौल तात्तिदै गर्दा शनिवार गठबन्धनका उमेदवारहरु दुई कार्यक्रममा व्यस्त देखिए । पहिलो कार्यक्रम थियो राइनास नगरपालिका सतरीय शिक्षकहरुको प्रशिक्षण र भेटघाट कार्यक्रम भने दोश्रो कार्यक्रम थियो सुन्दरबजार नगरपालिकाको भोटेवडारमा आयोजित माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको प्रशिक्षण र भेला कार्यक्रम ।
नेकपा माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेश्रो राइनास नगर सम्मेलन एबं प्रशिक्षण कार्यक्रममा लमजुङ जिल्ला लोकतान्त्रिक(वाम गठबन्धनको तर्फबाट साझा उमेदवारहरु प्रतिनिधि सभा तर्फ नेकपा (माओवादी केन्द्र) का महासचिव एबं पूर्वमन्त्री देव प्रसाद गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेश ९क० का उमेद्वार नेपाली कांग्रेस लमजुङ पार्टी सभापती डा. टकराज गुरुङको विशेष आतिथ्यता रहेको थियो । राइनास नगरपालिका कांग्रेस उमेदवार गुरुङको गृह नगर पनि हो ।
कार्यक्रममा राइनास नगरपालिका भित्रका शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सम्वोधन गर्दै माओवादी केन्द्रका महासचिव तथा लमजुङबाट प्रतिनिधिसभाका उमेदवार देव प्रसाद गुरुङले लमजुङ प्राकृतिक साधन श्रोत र विज्ञताको हिसावले धनी भएता पनि लमजुङले उपलव्धी हासिल गर्न भने पछाडी परेको बताउनुभयो । उहाँले ऊर्जा शक्तिलाई कृषि, पर्यटन, व्यवसाय, उद्योगसंग जोडेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
यसो भएमा उर्जा शक्तिको उपयोगले उत्पादनको क्षेत्रमा गुणात्मक वृद्धिमा सघाउने उहाँको भनाइ छ । गुरुङले राइनासालाई पर्यटकीय हव र प्राविधिक शिक्षको केन्द्र बनाउन आफूले पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश क बाट गठबन्धनको साझा उमेदवार बनेका नेपाली कांग्रेस जिल्ला सभापति टकराज गुरुङले राइनास नगरपालिका र यहाँको जनताको विकासका सथै सिंगै प्रदेशको विकास र समृद्धि आफ्नो जिम्मेवारी रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेस र नेकपा माओवादी केनद्रसहितको गठबन्धन लमजुङको विकास र समृद्धिको लागि मात्रै नभई संविधानको रक्षा र लोकतन्त्रको संस्थागत गर्न पनि भएकाले गठबन्धनका उमेदवारलाई ढुक्क भएर मतदान गर्न अपील पनि गर्नुभयो ।
कार्यक्रममा माओवदी केन्द्रकी सथायी समिति सदस्इ यशोदा सुवेदी गुरुङ, जिल्ल इन्चार्ज तथा समानुपातिक उमेदवार पारसमणी पौडेल, अर्की समानुपातिक उमेदवार उर्मिला माझी, जिल्ला संयोजक लालबहादुर गरुङलगायतका नेता कार्यकताका साथै स्थानिय शिक्षक र वुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।
लमजुङको सुन्दरबजार नगरपालिका–९ पैह्रेमा सिर्जनशील तमु समाजको भवमा योङ कम्युनिष्ट लिग (वाइसिएल) जिल्ला समन्वय समितिको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ ।
वाइसिएल लमजुङको आयोजनामा कार्यक्रम भएको हो । वाइसिएल लमजुङका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको हो । कार्यक्रम नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बोल्दै उहाँले युवाशक्ति उत्पादनमुलक क्षेत्रमा जुट्नुपर्नेमा जोड दिनुभएको छ । युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सरकारले भूमिका खेल्नुपर्ने र उनीहरुलाई स्वदेशमै स्वरोजगार बनाउने वातावरण सरकारले बनाउनुपर्ने र यसमा गठबन्धनको सरकार लागिपर्ने उहाँले बताउनुभयो ।
वाइसिएलका केन्द्रीय सदस्य प्रविण अधिकारीले स्वागत गर्नुभएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बुद्धिरम तमु, केन्द्रीय सदस्य एवं अर्थ विभाग उपप्रमुख विमल अधिकारी, जिल्ला इन्चार्ज पारसमणि पौडेल, जिल्ला संयोजक लालबहादुर गुरुङ, नेपाली कांग्रेसका उपसभापति आनन्द घिमिरे, वाइसिएलका केन्द्रीय सदस्य सुनिल सुनार अटल, वाइसिएलका जिल्ला इन्चार्ज हरिबहादुर अधिकारी लगायतले बोल्नुभएको हो । साथै एमाले लगायत विभिन्न पार्टी परित्याग गरी २०० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । कार्यक्रमको संचालन वाइसिएल लमजुङका सदस्य आशिष तामाङले गर्नुभएको हो ।