
महोत्तरीमा सत्ता गठबन्धनको निर्वाचन परिचालन कमिटी निर्माण
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरेर महोत्तरीमा सत्ता गठबन्धनले निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ । सुरक्षाको हिसाबले महोत्तरीमा अतिसंवेदनशील मतदानस्थल १ सय ४३ रहेको छ । भारतसँग खुला सीमा जोडिएको यो जिल्ला अतिसंवेदनशील मानिन्छ ।
गठवन्धनमा रहेको दलहरुको जिल्ला निर्वाचन परिचालन कमिटीको संयुक्त बैठकले संघिय र प्रदेश चुनाव परिचालन कमिटी प्रत्येक वडासम्म संयुक्त निर्माण गर्ने निर्णय गरेका छन् । साथै निर्वाचन प्रचारप्रसारको लागि प्रत्येक वडामा कार्यालय निर्माण गर्ने निर्णय समेत गरेका छन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति नागेश्वर यादवको अध्यक्षतामाले यस्तो निर्णय गरेको हो । निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले यहाँ करिव एक हजार पाँच सय नेपाल प्रहरी र दुई हजार आठ सय म्यादी प्रहरी परिचालन गरेको छ भने थप सशस्त्र प्रहरी र नेपाली सेना आवश्यकतानुसार परिचालित हुनेछन । महोत्तरीमा ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा रहेका छन् । यस जिल्लामा ३ लाख ९७ हजार ३० मतदाता रहेका छन् ।
