गठबन्धन छाडेकाे जसपाले एमालेसँग गर्याे १७ सिटमा तालमेल

मूलखबर संवाददाता
काठमाडौं

सत्तारूढ गठबन्धनबाट अलग भएर गएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल जसपा अन्ततः    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग चुनावी तालमेल गर्न पुगेको छ । एमाले र जनता समाजवादी नेपाल (जसपा) बीच ३५ र १७ सिटमा चुनावी तालमेल भएको छ । अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष यादवबीच शुक्रबार साँझ सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार जसपाले १७ सिट पाउनेछ ।

एमाले र जसपा तालमेल गरी मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । सहमतिअनुसार एमालेले जसपालाई सप्तरी १, २ र ४, सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ मा प्रतिनिधिसभातर्फ सघाउनेछ । त्यसैगरी जसपाले एमालेलाई अन्य ठाउँमा सघाउने सहमति गरेको छ ।