
आजको मौसम : हल्कादेखि मध्यम वर्षा हुने
आज सोमबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ ।
प्रदेश नं १ का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकोले अझै केही दिन वर्षा हुने महाशाखाले जनाएको छ ।
आज दिनभर जसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
