आवश्यकता परे जिल्लाले तालमेल गर्न सक्छ : महासचिव पोखरेल

मूलखबर संवाददाता
काठमाडौं

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक रुपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा केही ठाँउमा मात्र तालमेल हुने बताएका छन् ।

स्थानीयस्तरमा पार्टी कमिटीले नचाहेमा तालमेल हुँदैन, त्यसमा केन्द्रको दबाब रहँदैन । एमाले नीतिका आधारमा जनतामाझ जाने उनले बताए । एमाले आफ्नो मान्यतामा दृढ रहेको भन्दै उनले निर्वाचनको समयमा जनताका मुद्दामा बहस केन्द्रित भै मुलुकलाई सही दिशामा लैजानका लागि एमालेको नेतृत्व स्थापित हुनुपर्ने बताए ।