
माओवादी केन्द्रका राम कार्की ओखलढुङ्गाबाट सिफारिस
ओखलढुगा । आगामी मंशिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाका लागि नेकपा माओवादी केन्द्र ओखलढुंगा प्रतिनिधी सभाका लागि राम कार्कीको एकल नाम सिफारिस भएको छ ।
गत शनिबार बसेको पार्टीको बैठकले कार्कीलाई संघिय प्रतिनिधी सभाका लागि एकल उम्मेदवार छनौट गरी सिफारिस गरिएको जिल्ला संयोजक निशान्त शर्माले बताउनुभयो । प्रतिनीधीसभा समानुपातीकतर्फ चम्पादेवी कार्कीको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी प्रदेशसभाका लागि प्रदेश क बाट प्रत्यक्ष तर्फ तीन जनाको नाम सिफारिस गरिएको छ । रामकुमार कार्की, नरेन्द्र खतिवडा र खुदबहादुर खत्री प्रदेश सभाका लागि सिफारिस हुनुभएको हो । त्यसैगरी प्रदेश ख बाट प्रदेश सभा प्रत्यक्ष तर्फ बाबुराम गौतम, मोहन कुमार खड्का हिमशिखर र खड्ग योगी अनिललार्ई उम्मेदवार सिफासिरस गरिएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ओखलढुङ्गाले जनाएको छ ।
यस अघि कार्की झापाबाट संघिय साम्सद बन्नुभएको थियो । त्यसैगरी २०७४ को निर्वाचनमा मोहन खड्का ओखलढुङ्गा प्रदेश ख बाट प्रदेश सभा सदस्य निर्वाचिन हुनुभएको थियो । अन्य जिल्लाबाट पनि माओवादी केन्द्रले उम्मेदवारको सिफारिसलाई तीब्रता दिएको छ ।
