
लमजुङमा एमालेले पुरानै उमेदवारलाई अगाडि सार्याे, काे काे परे सिफारिसमा ?
नेकपा एमाले लमजुङको ५ औं पूर्ण बैठकले लमजुङ प्रदेशसभा (ख) का लागि नेकपा एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशमा संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नाम सिफारिस गरेको छ । गुरुङकै उपस्थितिमा शनिबार आयोजित नेकपा एमाले लमजुङको ५ औं पूर्ण बैठकले उनको नाम लमजुङ प्रदेशसभा (ख) का लागि प्रत्यक्ष उम्मेदवारमा सिफारिस गरेको हो ।
प्रदेशसभा (क) को प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य धनाञ्जय दवाडी, राजकुमार विष्ट र जीतबहादुर गुरुङको नाम सिफारिस भएको छ । प्रदेशसभा समानुपातिकतर्फ प्रेमबहादुर घले, मोहनहरी पौडेल, महेन्द्रलाल श्रेष्ठ, बमबहादुर थापा, फूलबहादुर थापा, नन्दराम विक, रञ्जित कुमाल, अमृत तामाङ, रामहरि दवाडी, गणेश पाण्डे, लक्ष्मी अधिकारी, यशोदा रिमाल, शान्ता भुजेल, लोका अधिकारी र राममाया थापा मगरको नाम सिफारिस गरिएको छ ।
