रूकुममा पहिराले पुरिँदा आमाछाेरीकाे निधन

मूलखबर संवाददाता
बुटवल

रुकुम पश्चिममा माइतबाट घर जान हिँडेका ३ आमाछाेरी  पहिरोले पुरिंदा आमा र छोरीको मृत्यु भएको छ भने अर्की छोरी  घाइते भएकी छन् ।

जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया प्रतीक्षा रानाको मृत्यु भएको र बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते भएकी हुन् । तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिएका छन् ।    आइतबार दुई छोरीसँगै जाजरकोटको नलगाड नगरपालिका–१ स्थित माइतीबाट रुकुम पश्चिम हुँदै घरतर्फ फर्कदै थिइन् । पानी परेपछि उनीहरु रुकुमपश्चिम आठबिसकोट नगरपालिका–१४ पिपलचौर स्थित छेपारे सामुदायिक वनको भवनमा बसेका थिए ।