आचार संहितामा कडाई गर्ने निर्वाचन आयोगको तयारी

मूलखबर संवाददाता
काठमाडौं, ५ भदौ ।

निर्वाचन आयोगले आचार संहिता कडाईका साथ कार्यान्वयन गर्ने तयारी गरेको छ । आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचार संहिता निर्माणको प्रक्रिया सुरू भएको आयोगले जनाएको छ ।

यसका लागि सोमबार राजनीतिक दलहरूसँग छलफल कार्यक्रम राखिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका छन् । आइतबार निर्वाचनमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गत स्थानीय तहको निर्वाचनको आचार संहिता कार्यान्वयनको अवस्थाको मूल्यांकन गर्दै दलहरूको सुझावको आधारमा संहिता जारी गर्ने बताए ।

उनले गत निर्वाचनमा आयोगले जारी गरेको निर्वाचन आचार संहिता पत्रकारितासँग सम्बन्धित संस्थाका व्यक्तिले ुआयोगको छुट्टै संहिता मान्दिनँु भनेको प्रति आश्चर्य लागेको बताए ।

उनले भने( ुआम संचार माध्यमले आचार संहिता पालना गरेमा आयोगले स्पष्टीकरण सोध्नेका लागि कागज खर्च गर्नु नपर्ने थियो । जुन मिडियाले आचार संहिता पालना गर्नुपर्छ भनेर लेख्थ्यो उसैले बढी आचार संहिता उल्लंघन गरेको पनि पाइयो । आचार संहिता पालना गर्न र गराउन संचार माध्यमको ठूलो भूमिका हुन्छ ।ु