गठबन्धनले बनायो सिट बाँडफाँड कार्यदल, कुन दलबाट को को ?

मूलखबर संवाददाता
काठमाडौं

आगामी मंसिर ४ गतेको लागि घोषणा भएको संघ र प्रदेश निर्वाचनको लागि चुनावी तालमेल गर्ने निर्णय गरेको सत्तारुढ गठबन्धनले सिट बाँडफाँडको लागि कार्यदल पनि बनाएको छ ।
कार्यदललाई साउन अन्तिमसम्मको समयसिमा दिइएको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् ।

यस्तै, नेकपा ९एकीकृत समाजवादी०बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।