सावधान ! एकैदिन २ हजार ७४८ जना सवारी चालक परे कार्वाहीमा
तपाई सवारी साधन चलाउँदै हुनुहुन्छ वा सवारीमा कतै यात्रा गर्दे हुनुहुन्छ सावधान । सानो लापरवाही वा कमजोरीले तपाई कार्वाहीको भागीदार बन्न सक्नुहून्छ । सचेत बनौं । आफ्नो सवारी धनी पुर्जा, लाइसेन्स र अन्य आवश्यक प्रमाणहरु लिएर हिँड्न नविर्सनु होला । साथै ट्राफिक नियमको अक्षरस पालना गर्नुहोला ।
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४८ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा १४७ जना मादक पदार्थ सेवन (मापसे) गर्ने, लेन अनुशासन पालना नगर्ने ६६ जना, रेड लाइटमा सवारी चलाउने ११६ जना र नम्बर प्लेट स्पष्ट देखिने गरी नराख्ने ४६ जना सवारी चालक रहेका छन् ।
२ हजार ३७३ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।