डिशहोमको नयाँ सेवा, डिशहोम आईपि टिभी शुरू

मूलखबर संवाददाता
काठमाडौं, १० साउन ।

ईन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले आइ टिभीको सेवा शुभारम्भ गरेको छ । डिशहोम आई टिभीको नाममा यो सेवाको सुरुवात भएको जानकारी दिन कम्पनीले एक विज्ञप्ती जारी गरेकाे छ । विज्ञप्तीमा भनिएकाे छ – ‘डिशहोम आई टिभीको नाममा यो सेवाको सुरुवात भएको जानकारी दिन  पाउँदा हाम्रो ग्राहकहरुले DTH लाई जस्तै साथ र मायका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनुहुनेछ भन्नेमा कम्पनीले विश्वास लिएको छ ।’
विज्ञप्तीमा भनिएकाे छ – नेपालको एक मात्र DTH सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ बर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको छ । २०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसंग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवा लाई संचालनमा ल्याएको थियो । नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय बिक्रि पछिको सेवा पनि प्रदान गर्दै आएको सवैमा सर्वविधितै छ ।
पे टिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटर्वकले आफ्नो व्यवसाय लाई विस्तार संगै अन्य सेवा प्रदायक भन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, ईन्टरनेट,Terrestrial (T2)  टिभी र आईपी टिभीमा समेत आफ्नो सेवा लाई विस्तार गरेको छ । ग्राहकहरुको मन जित्न सफल ईन्टरनेट सेवा डिशहोम फाईवरनेट, सवै भन्दा वढि सन्तुष्ट ग्राहक र ठुलो नेटवर्क रहेको केवल टिभी नेटवर्क सिम टिभी, र तार रहित Terrestrial (T2)  टिभी मार्फत ग्राहकहरु लाई आफ्नो सेवा प्रदान गरिरहेको छ ।

DTH र Terrestrial (T2)  भन्दा फरक प्रविधी Internet Protocol based यो IP टिभीमा Shorts TV, रमाईलो टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका Exclusive च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा वढि विभिन्नContent हरू, Video on Demand, Catch- up TV/Start-over TV, Youtube, TikTok, लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलव्ध रहेकोछ । IP टिभी SET UP को निम्न Specification निम्न रहेको छः

  • Amlogic S905X 64bit quad core ARM® Cortex™ A53 CPU
  • RAM: 1 GB / ROM: 8 GB ● 100 M RJ 45 Port
  • Built in Wi-Fi 2.4 Ghz IEEE 802.11 a/b/g/n
  • 2.0 USB Slots * 2
  • Power Input: 12V/1 Amp
  • Quick App Launch Buttons on the Remote
  • Video Decoding: 4K * 2K @ 60fps H.265
  • Audio Decoding: MPEG 1/2/2.5, AAC-LC/HEAAC