प्रचण्ड भारतमा : १९५० काे सन्धि पुनरावलोकन र ईपिजी प्रतिवेदन बुझ्न भारतलाई आग्रह

मूलखबर संवाददाता
काठमाडौं

छिमेकी राष्ट्र भारतको तीन दिने भ्रमणमा रहनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९५० काे सन्धि पुनरावलोकन गर्न तथा इपिजी प्रतिवेदन ग्रहण गर्नुपर्ने बताउनुभएको छ । शनिबार फाउन्डेशन फर पब्लिक अवारनेस एण्ड पोलिसीको आयोजनामा नेपाल भारत सम्बन्ध विषयक कार्यक्रममा सम्वाेधन गर्दै प्रचण्डले साे धारणा राख्नुभएको हाे । शुक्रबारदेखि भारतकाे अाैपचारिक भ्रमणमा रहेका प्रचण्ड शनिबार विहानैदेखि विभिन्न भेटघाटमा सहभागी हुनुभएको थियाे । उहाँले बिहान भारतका लागि नेपाली राजदुुत महामहिम शंकर प्रसाद शर्माले नेपाली दूतावासमा स्वागत गर्नुभयो । सो अवसरमा नेपाली काँग्रेसका नेतृ डा. आरजुु राणा देउवा पनि उपस्थित हुनुहुन्थ्यो । अध्यक्षले त्यहाँस्थित नेपाली समुुदायका प्रतिनिधिहरुसँग छोटो अन्तर्क्रिया गर्नुभयो ।

नेपाली समुुदायका प्रतिनिधिहरुले भारत सरकारले अखिल भारत नेपाली एकता समाजलाई लगाएको पोटा कानुुन खारेज गर्नुपर्ने, प्रवास नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था गर्नुपर्ने र प्रवासी नेपालीहरुलाई सरकारले गर्ने विभेदपुुर्ण व्यवहार सच्याउन पर्ने लगायतका विषयहरु उठाउनु भएको थियो ।

भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपाली क्रान्तिमा प्रवासको भुुमिका महत्वपुुर्ण रहेको स्मरण गर्दै प्रवासी दिदीबहिनी तथा दाजुुभाइहरुले उठाएका विषयमा आफुूले पहल गर्ने बताउनुभयो । त्यसैगरि अध्यक्ष प्रचण्डले बिहान ११ बजे भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरी दुुई देशबीचका दुईपक्षीय हितका विषयमा कुुराकानी गर्नुभयो ।

मध्यान्ह १२ बजे उहाँले फाउन्डेशन फर पब्लिक अवारनेस एण्ड पोलिसीको आयोजनामा नेपाल भारत सम्बन्ध विषयमा आफ्ना विचार व्यक्त गर्नुभयो । उक्त फाउण्डेशनका अध्यक्ष डा. अर्निवन गङ्गोली हुनुुहुन्छ भने उपाध्यक्षमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाला हुनुुहुन्छ । कार्यक्रममा उपाध्यक्ष चौथाईवालाले अध्यक्ष प्रचण्डलाई स्वागत गर्नुभएको थियो भने अध्यक्ष गङ्गोलीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाल भारत सम्बन्धका बहुुआयामको चर्चा गर्दैैै नेपाल भारत सम्बन्धका विगत, वर्तमान र भविष्यका बारेमा आफ्ना स्पष्ट विचार प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम पश्चात अध्यक्ष प्रचण्डले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गर्नुभएको थियो । अध्यक्ष प्रचण्ड बेलुका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालाको निम्तो स्वीकार्दै रात्रीभोजमा सहभागी हुनुभयो । अध्यक्ष आइतबार दिउँसो स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।