माओवादी केन्द्रीय समिति बैठक सम्पन्न : ४१ सदस्यीय स्थायी र १२५ सदस्यीय पोलिव्युरो चयन, २ जना उपाध्यक्ष

मूलखबर संवाददाता
काठमाडौं, २३ असार ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारीको टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिँदै केन्द्रीय समिति बैठक सकिएको छ । काठमाडौंमा बिहीबार सम्पन्न बैठकले ४१ सदस्यीय स्थायी समिति, १ सय २५ सदस्यीय पोटिव्युरो समिति चयन गरेको छ ।
बैठकले २ जना उपाध्यक्ष चयन गरेको छ जसमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा रहेका छन् । अन्य पदाधिकारी भने १० दिनभित्र टुंग्याउने बताइएको छ ।

४१ सदस्यीय स्थायी समितिमा नेकपा कालका १५ जनाको मात्रै नाम टुंगो लागेको माओवादी केन्द्रले जनाएको छ ।

माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितका पदाधिकारी चयन गर्ने गरी टुंग्याइएको छ । माओवादीले गत पुस महिनामा ८औं महाधिवेशन आयोजना गरे पनि केन्द्रीय समिति, स्थायी कमिटी, पोलिटब्युरो र पदाधिकारी टुंग्याउन सकेको थिएन ।