माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोली बिहीबार मात्रै
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सांसदहरू प्रतिनिधि सभा बैठकमा सहभागी हुनुपर्ने भएकोले बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको हो।
आज दिउँसो २ बजेका लागि संसद बैठक बोलाइएको छ। प्रचण्डको सचिवालयका अनुसार बिहीबार बिहान ११ बजेसम्मका लागि केन्द्रीय समिति बैठक स्थगित गरिएको छ।
माओवादीले आज दिउँसो १ बजेका लागि बैठक बोलाएको थियो। बैठकमा प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने र केन्द्रीय सदस्यहरूले राखेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो। माओवादीले आन्तरिक तयारीको लागि भन्दै हिजो पनि बैठक स्थगित गरेको थियो ।