माओवादी केन्द्रले दियो केन्द्रीय समितिलाई पूर्णता, यी हुन् केन्द्रीय र बैकल्पीक केन्द्रीय सदस्य (नामावली)
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।
काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको तेश्रो पूर्ण बैठकबाट उसले केन्द्रीय समसतलाई पूर्णता दिलाएको हो । पुसमा भएको आठौं राष्ट्रिय महाधिवेशनमा २ सय ४७ केन्द्रीय समिति चयन गरेको थियो ।
माओवादीको विधानमा २ सय ९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । यस्तै त्यसको १५ प्रतिशत मनोनित गरिने र पार्टी एकतामा आएका १० प्रतिशतलाई केन्द्रीय सदस्य बनाउने व्यवस्था छ । यसो गर्दा ३ सय ७३ जनाको केन्द्रीय समिति हुने थियो । त्यही संख्यामा केन्द्रीय समिति बनाइएको हो ।
त्यसका साथै बैकल्पीक केन्द्रीय सदस्यको समेत व्यवस्था गरिए बमोजिम ९४ जना बैकल्पीक केन्द्रीय सदस्यको रुपमा मनोनयन गरिएको छ । यस अघि बैकल्पीक केन्द्रीय सदस्यको रुपमा राखीएका नेताहरुलाई यसपटक पूर्ण केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।
Maoist-ccm-listमाओवादी केन्द्रले पटक पटक पार्टी एकता, विघटन, नयाँ पार्टी निर्माण गरेर आएतापनि केन्द्रमा भने लगातार एउटै अनुहार रहिरहने र पछिल्लो समयमा नयाँलाई अवसर दिने नाममा नेताको वरिपरि र आफन्तलाई नै अघि सारेको भनेर तिब्र आलोचना पनि भइरहेको छ । यसले गर्दा इमान्दार र निष्ठावान कार्यकर्ताहरुले राजनीतिमा भविष्य खोज्न मुस्किल हुने विश्लेषण हुने गरेको छ ।