
चिनकाे ग्वाङ्सीमा बाढीबाट ३८ लाख बासिन्दा प्रभावित
दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण ३७ लाख ५० हजारभन्दा बढी बासिन्दा प्रभावित भएका स्थानीय अधिकारीहरूले शनिबार जनाएका छन् ।
ग्वाङ्सीले यस वर्षको वर्षा ऋतुमा ६ पटक भारी वर्षाको अनुभव गरेको छ । यहाँ औसत वर्षा ४९०.८ मिलिमिटरमा रेकर्ड गरिएको छ । यो अघिल्लो वर्षको सोही अवधिमा रेकर्डभन्दा १.६ गुणा बढी हो ।
विज्ञप्तिमा भनिएको छ, “बाढी, पहिरो र वर्षाका कारण आएको विपत्तिले तीन हजार ४३६ घरहरू डुबानमा परेको र एक लाख ५९ हजार ३०० हेक्टर कृषियोग्य जमिनको क्षेत्रफलमा क्षति पुगेको छ ।”
प्रत्यक्ष आर्थिक नोक्सानी १२.४८ अर्ब युआन (लगभग १.८६ अर्ब अमेरिकी डलर)भन्दा बढी भइसकेको छ । यस क्षेत्रका एक अधिकारीका अनुसार ग्वाङ्सीमा यस वर्ष अझै धेरै भारी वर्षा र आँधी आउन सक्ने पूर्वानुमान गरिएको छ । रासस/सिन्ह्वा
