अर्थमन्त्री शर्माद्वारा प्रस्तुत आर्थिक विधेयक संसदमा बहुमतले पारित
प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०७९ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाकाे बैठकले आर्थिक विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो ।
बैठकमा उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले ‘आर्थिक विधेयक २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।
निर्णयार्थ प्रस्तुत भएको सो विधेयक बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।