आयल निगमद्वारा पेट्रोल, डिजेल र मट्टीतेलकाे भाउ १० रूपयाँ बृद्वि, सर्वत्र आलाेचना

मूलखबर संवाददाता
काठमाडौं

नेपाल आयल निगमले  शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ।

मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ। नागरिकको ढाड सेकिने गरि मूल्य वृद्धि गरिएको भन्दै सर्वत्र अालाेचना भएको छ ।