अग्रगमनको पक्षमा रहेका उमेदवारलाई विजयी गराउन पत्रकार संगठनहरुको अपील

मूलखबर संवाददाता
काठमाडौं, २४ बैसाख ।

स्थानीय निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दल निकटका पत्रकाररुको पाँच वटा संगठनले वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गरी अग्रगमनको पक्षमा रहेका उमेदवारलाई विजयी गराउन सार्वजनीक अपील गरेका छन् ।

नेपाली कांग्रेस निकट नेपाल प्रेस यूनियन, नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल, नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपाल, जसपपा निकट प्रेस मञ्च नेपाल र राजमो निकट प्रगतिशील पत्रकार संघले संयुक्त विज्ञप्ति जारी गर्दै वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेका हुन्।

पाँच संगठनद्धारा जारी विज्ञप्तिमा देशमा संविधानको रक्षा गर्ने र मास्ने, परिवर्तनलाई संस्थागत गर्ने र उल्टाउन खोज्ने, कानुनी राज्य स्थापना गर्न खोज्ने र अराजकता सिर्जना गर्न खोज्ने, प्रेस सवतन्त्रताको प्षमा लाग्न्े र प्रेस स्वतन्त्रताको गला रेट्न खोज्ने फरक दुई प्रवृतिको बीचको लडाईको रुपमा स्थानीय र्निाचन हुँदै गरेको र आफ्नो स्वतन्त्र विवेक प्रयोग गरेर परिवर्तनका पक्षलाई जिताउन आम मतदातामा अपील गरिएको छ ।

अिपीलमा भनिएको छ ‘संविधान, लोकतन्त्र र परिवर्तनका पक्षधर हुनुको नाताले देशमा राष्ट्रिय एकता कायम गर्न, संविधानको रक्षा गर्न, परिवर्तनका एजेण्डालाई संस्थागत गर्न, पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न र कानूनी राज्यको पालना गरी लोकतन्त्रको वास्तविक अभ्यास गर्नका लागि आफ्नो स्वतन्त्र विवेक प्रयोग गरी वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आम नेपाली मतदाता महानुभावहरुमा हार्दिक अपिल गर्दछौं ।’

संविधानको रक्षाको पक्षमा वाम–लोकतान्त्रिक गठबन्धन रहेको र प्रतिगमनको नेतृत्व गर्ने नेकपा एमालेले गरिरहेको उल्लेख गर्दै प्रतिगमन पक्षधरले निर्वाचन जिते व्यवस्था नै खतरामा पर्ने जारी विज्ञप्तिमा भनिएको छ ।

पाँच पत्रकार संगठनद्वारा जारी विज्ञप्तिमा केपी ओली नेतृत्वको एमालेले प्रेस स्वतन्त्रता कुण्ठीत गर्ने गरी विधेयक ल्याएको तथा स्थानीय तहलाई अधिकार दिन अस्वीकार गरेको, भ्रष्टाचारलाई संरक्षण गरेको कुरा दिनको घामझैं छर्लङ्ग रहेको समेत उल्लेख छ ।

पाँच पत्रकार संगठनद्वारा जारी अपिल–

स्थानीय तह निर्वाचन, २०७९ का सन्दर्भमा मतदाताहरुलाई हार्दिक अपिल 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपश्चात् दोश्रो पटक यही मिति २०७९ बैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । लोकतन्त्रको मुख्य आधार स्तम्भको रुपमा लिइने आवधिक निर्वाचन समयमै सम्पन्न हुन गइरहेको कुराले हामी हर्षित र गौरवान्वित छौं । यस अवसरमा सर्वप्रथम निर्वाचनको मिति घोषणा गरी जनतालाई स्वतन्त्र, भयरहित र प्रभावकारी ढंगले निर्वाचनमा सहभागी हुने वातावरण बनाएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौं ।

निर्वाचन लोकतान्त्रिक विधि र प्रक्रिया हो, यसमा आफ्नो मत जाहेर गर्ने अधिकार सम्पूर्ण मतदातालाई हुन्छ । आफ्नो मत कस्तो दल र उम्मेदवारलाई दिने भन्ने कुरा महत्वपूर्ण हुन्छ । गलत राजनीतिक दल र उम्मेदवारलाई आफ्नो मत परेमा लोकतान्त्रिक विधि, प्रक्रिया र प्राप्त उपलब्धि नै खतरामा पर्ने अवस्था पनि सिर्जना हुन्छ । त्यसैले आफ्नो मत दिनका लागि राजनीतिक दल र उम्मेदवार छनौटमा धेरै ध्यान दिनुपर्ने हुन्छ ।

अहिलेको निर्वाचनमा देशमा मुख्य दुई प्रवृत्ति देखिएका छन् । एउटा वैचारिक गठबन्धन छ । जसले हजारौंको बलिदान, त्याग र समर्पणबाट प्राप्त गणतन्त्र, संघीयता, समावेशीता समानुपातिक प्रतिनिधित्वसहितको लोकतान्त्रिक गणतन्त्रका उपलब्धिहरु र संविधानको रक्षा गर्ने, परिवर्तनका एजेण्डाहरुलाई संस्थागत गर्ने, स्थानीय तहलाई संविधान र संघीयताको मर्मअनुरुप अधिकार दिने । अर्को प्रवृत्ति छ– संविधानको हत्या गर्ने, जननिर्वाचित संस्था संसदको हत्या गर्ने, सबै परिवर्तनलाई उल्ट्याउने, देशमा निरंकुशताको अभ्यास गर्ने र स्थानीय तहलाई अधिकार दिन कन्ज्युस्याई गर्ने निरंकुश प्रवृत्ति । यो प्रवृत्तिले आफ्नै पार्टी र संसद विघटन गरेर न्यायपालिका समेतलाई आफ्नोे प्रभावमा पार्ने असफल प्रयास गरेको थियो ।

पहिलो प्रवृत्तिको प्रतिनिधिको रुपमा सत्तारुढ पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धन अगाडि आएको छ । दोश्रो प्रवृत्तिको प्रतिनिधित्व प्रतिगमनको समेत नेतृत्व गर्ने नेकपा एमालेले गरेको छ । केपी ओली नेतृत्वको एमालेले प्रेस स्वतन्त्रता कुण्ठीत गर्ने गरी विधेयक ल्याएको तथा स्थानीय तहलाई अधिकार दिन अस्वीकार गरेको, भ्रष्टाचारलाई संरक्षण गरेको कुरा दिनको घामझैं छर्लङ्ग छ ।

यस अवस्थामा हामी संविधान, लोकतन्त्र र परिवर्तनका पक्षधर हुनुको नाताले देशमा राष्ट्रिय एकता कायम गर्न, संविधानको रक्षा गर्न, परिवर्तनका एजेण्डालाई संस्थागत गर्न, पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न र कानूनी राज्यको पालना गरी लोकतन्त्रको वास्तविक अभ्यास गर्नका लागि आफ्नो स्वतन्त्र विवेक प्रयोग गरी वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आम नेपाली मतदाता महानुभावहरुमा हार्दिक अपिल गर्दछौं ।

हाम्रो सानो भुलले देश फेरि द्वन्द्व र अस्थिरताको भुमरीमा जान सक्छ । त्यसैले समयमै सचेत बनौं । हामीले नसोचे कसले सोच्ने, अहिले नसोचे कहिले सोच्ने रु तसर्थ बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्पष्ट रुपमा परिवर्तनका पक्षधर गठबन्धनका उम्मेदवारलाई निर्धक्क भएर मत दिई विजयी बनाउन हामी हार्दिक अपिल गर्दछौं ।

२४ बैशाख, २०७९

बद्री सिग्देल, अध्यक्ष, नेपाल प्रेस यूनियन
विष्णु सापकोटा, अध्यक्ष, प्रेस सेन्टर नेपाल
शम्भु श्रेष्ठ, अध्यक्ष, समाजवादी प्रेस संगठन
केशव अर्याल, अध्यक्ष, प्रेस मञ्च नेपाल
श्यामलाल पोखरेल, सचिव, प्रगतिशील पत्रकार संघ, नेपाल