एकीकृत समाजवादीको घोष्णापत्रमा के छ ? (पूर्ण पाठसहित)

मूलखबर संवाददाता
काठमाडौं, ६ चैत ।

नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ।

घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म बिजुली निःशुल्क दिने उल्लेख गरिएको छ।

राष्ट्रियसभा गृहमा मङ्गलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले ४७ पृष्ठ लामो स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्नुभएको हो।

स्थानीय तह निर्वाचन घोषणापत्रमा निःशुल्क खानेपानी, हरेक पालिकामा सुविधासम्पन्न पुस्तकालय, फोहर बन्ने छ मोहर, पानीका स्रोत संरक्षणका लागि विशेष योजना, द्वन्द्वपीडित राहत सहयोग कार्यक्रम, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्ने उल्लेख गरिएको छ।

[pdf-embedder url=”http://mulkhabar.com/wp-content/uploads/2022/04/Samajbadi_Ghosana-Patra-14-X-21.5-cm.pdf” title=”Samajbadi_Ghosana Patra 14 X 21.5 cm”]